प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्ले ‘वासु’ लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन् ।
शनिबार गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद सुरेश वाग्लेले अध्यापन गराएको जनाता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बबताएका हुन् ।
माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको पनि बताए ।
त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरिरे गरिएको उनको भनाइ थियो ।
अहिले सत्य निरूपण तथा बेपत्ता सम्बन्धी विधेयक प्रक्रियामा रहेको बताउँदै पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने प्रचण्डले बताए ।
आज महान् सहिद क. सुरेश वाग्ले (वासु) र क. भिमसेन पोख्रेल (बैरागी)को २४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री गोरखा आएको उनले बताए ।
सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गाविस ५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका हुन् ।
उनी तात्कालिन माओवादीको नेतृत्वमा २०५२ फागुन १ गतेबाट जनयुद्धमा सहभागी भएका थिए ।
जनयुद्धकै क्रममा २०५६ भाद्र २३ गते गोरखाको गाँखुमा अभियानको आत्मसर्मपण नगरेको र पार्टीको आन्तरिक कुरा नखोलेको भन्दै तत्कालिन राज्यपक्षले हत्या गरेको माओवादीले बताएको छ ।