कञ्चनपुरमा ३५ वर्षीया महिला बलात्कृत

कञ्चनपुरमा एक ३५ वर्षीया आफ्नै घरमा बलात्कृत भएकी छन् । घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई पक्राउ गरेको हो ।

उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ ।

सम्बन्धित समाचार