भारतमा जी२० शिखर सम्मेलन सुरु, अफ्रिकन युनियन बन्यो सदस्य

भारतको नयाँ दिल्लीमा जी२० शिखर सम्मेलन सुरु भएको छ ।

भारत मण्डपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी अतिथिहरूलाई स्वागत गरे । उद्घाटन मन्तव्यमा प्रधानमन्त्री मोदीले मोरक्कोको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

उनले दुःखको यस घडीमा भारत मोरक्कोको साथमा रहेको र जनतालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिखर सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्रीले अफ्रिकन युनियनलाई जी–२० को स्थायी सदस्य बनाउने प्रस्ताव राखे ।अध्यक्षको हैसियतमा प्रधानमन्त्री मोदीले सो प्रस्ताव पास गर्नेबित्तिकै अफ्रिकन युनियनका प्रमुख अजली असोमानीले मोदीलाई अँगालो हाले ।

चीन र युरोपेली संघले पनि भारतलाई जी २० मा अफ्रिकन युनियन समावेश गर्न समर्थन गरेका थि ए।

सम्बन्धित समाचार