कर्णाली प्रदेश अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा सुरु

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा सञ्चालन गर्न थालेको छ ।

अस्पतालले केही दिन अघिबाट मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले मुटु रोग सम्बन्धि समस्या भएका विरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले मुटुरोग सम्बन्धि ओपिडी सेवाको सुरुवात गरिएको जानकारी दिए ।

सुर्खेतमै मुटु रोगको विशेषज्ञ सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास अस्पतालले लिएको छ । मुटु रोग सबै उमेर समूहका मानिसमा लाग्ने डा।खड्कालले बताए ।

खड्काका अनुसार पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरीसमेत मुटु रोगको जोखिममा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार