सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

टिपरको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बिहान सवा ९ बजे चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित चौतारा–बन्देउ सडकखण्डमा बा ५ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाह्रबिसे नगरपालिका–३ की १२ वर्षीया बेली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिप्रका सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक संजिवकुमार यादवका अनुसार चौताराबाट बन्देउतर्फ जाँदै गरेको उक्त टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

टिपर चालक चौतारा साँगाचोकगढी–१२ का २८ वर्षीय सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार