कविता महोत्सवका उत्कृष्ट १० कविलाई राष्ट्रपतिले गरे पुरस्कृत

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सवका उत्कृष्ट १० कविलाई पुरस्कृत गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा शितल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले कविहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।

उमेश पुन, कृपा करुणा पोखरेल, खिमानन्द जोशी, जीवन आरोही, टङ्कबहादुर झाँक्री मगर, तीर्थराज विश्वकर्मा, नवीन अभिलाषी, पूर्णानन्द ओझा, प्रकाश दिप्साली राई र राधिका कल्पितलाई राष्ट्रपतिले बिहीबार पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सधैं सहयोग गर्ने बताएका थिए ।

आफ्नो मौलिक रचना विश्व साहित्य माझ प्रस्तुत गर्नुपर्ने उनले बताए ।

प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे जानकारी गराएका थिए । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार