चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झालाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा. डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । झा नेपाली कांग्रेसनिकट हुन् ।

उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

अहिलेका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको कार्यकाल यही भदौ २५ गते सकिँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार