सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडितको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।
बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको हो । न्यायाधीश कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी हुन् ।
सन्दीपका वकिल सरोज घिमिरेले पनि बसाइँ सरी गएको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने भएकोले त्यो कागजात मगाउन माग गरेका थिए ।