धरान उपमहानगरपालिका- ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र जितेका भट्टराईले राप्रपा रोजेका हुन् ।
बिहीबार धरानमा आयोजित कार्यक्रममा वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा भट्टराईलाई राप्रपामा प्रवेश गराएका हुन् । लिङ्देनले सदस्यता दिएर भट्टराईलाई पार्टीमा स्वागत गरेका थिए ।
२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा भट्टराई स्वतन्त्र उम्मेदवार भई वडाध्यक्ष निर्वाचित भएका थिए।