एमाले लुम्बिनी अध्यक्ष हारेका रिजालको गुम्यो केन्द्रीय सदस्य पद

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा पराजित भएका नेता हरि रिजालको पार्टी केन्द्रीय सदस्य पद गुमेको छ ।

कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार बने स्वतः पद रिक्त हुने व्यवस्था एमाले विधानको धारा ६७ (४) मा छ ।

एमाले विधानको सोही व्यवस्थाअनुसार रिजालको केन्द्रीय सदस्य पद गुमेको हो ।

पार्टीको मंगलबार भएको आन्तरिक निर्वाचनमा रिजाल प्रतिस्पर्धी राधाकृष्ण कँडेलसँग एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा २ मतान्तरले पराजित बनेका थिए ।

कँडेल र रिजाल आ आफ्नो छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने रिजाल एमाले महासचिव शंकर पोखरेल निकट नेता हुन्।

सम्बन्धित समाचार