काठमाडौं महानगरपालिका(१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिने भएको छ ।
सभागृहमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
‘उहाँको पार्थिव शरिरलाई एक बजेसम्म सभा गृहमा राखेर श्रद्नाजली दिइनेछ,’ उनले भने, ‘त्यसपछि पशुपतिस्थित आर्याघाटमा लगिने छ ।’
वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।