प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ ।
आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।