नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

नवलपरासी पूर्वमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीया एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो ।

बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकी उनकौ भदौ ७ गते मृत्यु भएको चापागाईंले जानकारी दिए ।

चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना हो । परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए ।

गत आवमा नवलपुर ७ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको थियो ।

जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताए । देवचुली नगरपालिकाकी १५ वर्षीया एक बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ । उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको चापागाईंले जानकारी दिए ।

सुस्तापूर्वका दुईवटा पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत सङ्कलन गरिँदै छ । त्यस क्षेत्र स्थान वरपर स्वाथ्य कार्यालको सक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदैछ ।

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काप्ने जस्ता लक्षण देखिन्छन् ।

अबको केही महिना जापानिज इन्सेपफ्लाइटिसको जोखिम धेरै हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न विशेष ध्यान पु¥याउनुपर्ने कार्यालय प्रमुख चापागाँईले बताए । सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार