नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‌बाट स्वीकृत

भारतले नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने भएको छ । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका हुन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतले १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको थियो ।

भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने राजदूत शर्माले बताए ।

नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ । नेपालमा हाल १० आयोजनाको ४५० मेगावाटभन्दा धेरै विद्युत विद्युत प्राधिकरणले बिक्री गर्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार