नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । यो मूल्य सोमबारको तुलनामा तीन सय रुपैयाँले कमि हो ।
सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।