कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरी सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज पनि पूर्ण इजलासमा जारी रहनेछ ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबारबाट सुरु भएको सुनुवाइ हिजो हेर्दाहेर्दैमा सकिएको छ । सोमबार रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा सोमबार सुरु सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखेर बहसलाई आज पनि निरन्तरता दिइने भएको हो ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकारविरुद्धको रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।
विपक्षीका तर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुको सूची रहेको छ । कोशी प्रदेशका मुख्यन्यायाधीवक्ता बुद्धिबहादुर कट्टुवालका अनुसार समय सीमा छुट्याएर बहसको समय तोकिएको बताए ।