काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी

अब काठमाडौँ महानगरपालिकामा पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लाग्ने भएको छ । काठमाडौँ महानगरले बर्खाको समयमा पानीपुरी चट्पटेजस्ता खानेकुरामा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा यसबारे छलफल भएको हो ।बर्खायाममा हैजालगायत संक्रामक रोग सर्ने जोखिम भएकाले यस्ता खानेकुरामा बन्देज लगाउने तयारी गरिएको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार