मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा झापामा एक जनाको मृत्यु

Sunrise Bank Middle Size

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नंको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका चालक ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...