कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आइतबार फेरि बस्न लागेको हो । दलको बैठकमा बोल्न चाहने सबै सांसदहरुलाई बोल्न दिइएका कारण बैठक लम्बिएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ ।

शुक्रबारको बैठकमा १९ जना सांसदहरूले धारणा राखिसकेका छन् भने पदाधिकारीसहित सभापति शेरबहादुर देउवाले धारणा राखेका छैनन् ।

बैठक विभिन्न सात एजेन्डामा केन्द्रित छ । प्रमुख सचेतक रमेश लेखककाअनुसार आइतबारको छलफलपछि कांग्रेसले संसद्‌को गतिरोध, संसद्‌मा विचाराधीन रहेका विधेयक, संसदीय भूमिकासहितका विषयमा दलको धारणा प्रस्ट हुनेछ ।

उनका अनुसार आइतबार सांसदहरूले धारणा राखिसकेपछि बैठक सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार