सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक पनि रिहा

सुन तस्करी प्रकरणमा संलग्नताको आशंका गरी पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।

उनीहरुलाई शुक्रबार बिहान ९ बजेतिर हिमालयन एयरको जहाजबाट चीन जान लाग्दा राजश्व अनुसन्धान विभागको आग्रहअनुसार अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाएको थियो ।

तर उक्त प्रकरणमा उनीहरूको संलग्नता नदेखिएकाले आज बिहान ११ बजेतिर उनीहरूलाई छाडिएको सीआईबीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार