राष्ट्रियसभा बैठक: एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसदको विरोध

अध्यक्षको आग्रह नसुनेपछि बैठक ३१ गतेसम्मलाई स्थगित

राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आसनबाट उठेर विरोध जनाएका छन् । शुक्रबारको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने नेकपा एमालेले आसनबाट उठेर बैठक अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै विरोध जनाएका थिए ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमति चलाउन सबै सांसदहरुलाई बस्न आग्रह गरेका छन् । एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

अध्यक्ष तिमिल्सिनाले निरन्तर संसद् अवरुद्ध हुँदै पटक-पटक आग्रह गरेपनि दुवै पक्षले विरोध रोकेनन् । त्यसपछि बैठक साउन ३१ गते बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार