काठमाडौंको भोटाहिटीमा आगलागी

काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् ।

भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार