सुर्खेतमा बलात्कार आरोपमा एकजना पक्राउ

 १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार