नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ । टेलिकमले गोरखापत्रमा आज एक सूचना जारी गर्दै ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको जनाएको हो । टेलिकमले काठमाडौँबाट भैरहवा ढुवानी गर्ने क्रममा नमस्ते रिचार्ज कार्ड हराएको जनाएको छ ।
टेलिकमले उक्त रिचार्ज कार्ड कसैले फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ ।
टेलिकमका अनुसार सि.नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले उक्त नम्बरका कार्ड खरिद नगर्न समेत अनुरोध गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए ।