१३ दिनपछि खुल्यो सदन, सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने

एमालेलाई गृहमन्त्रीको जवाफ चित्त नबुझे फेरि अवरोध गर्ने

नेकपा एमालेले अवरोध गर्दे आएको प्रतिनिधिसभाको बैठक आज बालुवाटारमा भएको शिर्ष दलबीचको छलफलपछि चल्ने भएको छ । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चलाउन सहमत भएपछि अवरोध तत्कालका लागि हट्ने भएको हो ।
बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठकमा आज सदन चल्न दिने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन । उनले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए ।
गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने पनि उल्लेख गरेका छन । बर्तोलाले सरकारले प्रतिपक्षलाई गलाउने नीति लिएको जिकिर गरे । सरकारले प्रतिपक्ष दलहरूबीच पनि फाटो ल्याउने नीति बनाएको बर्तोलाको भनाई थियो ।

सम्बन्धित समाचार