सभामुखसहित शीर्ष नेताहरू पुन: छलफलमा

सदन खुलाउन सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू पुन: छलफलमा जुटेका छन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतबीच सोमबार अपराह्न छलफल भएको हो ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् भने कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू पनि सहभागी छन् । संसद सुरू गर्ने विषयमा सभामुख घिमिरेले पहल गरिरहेका छन् ।

मध्यान्ह साढे १२  बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो । सोही अनुसार संसद भवन वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो ।

सभामुखको कार्यकक्ष बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

सम्बन्धित समाचार