कुन वाणिज्य बैंकको लाभांस दिने क्षमता कति ?

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो । बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण्का आधारमा नाफा कमाउने बैंकमध्ये पाँचवटा बैंक बाहेक सबै बैंक सेयरधनीलाई प्रतिफल दिनसक्ने हैसियतमा छन् ।

सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकले राख्छ भने सबैभन्दा कम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छ । गत आर्थिक बर्षको मुनाफाबाट सात बैंकले मात्रै १० प्रतिशत माथि लाभांश दिन सक्ने देखिएको छ। त्यसैगरी, बढी लाभांश दिने क्षमता राख्ने दोस्रो बैंक हो एनआइसी एशिया । एनआइसी एशियाले ३१.९९ प्रतिशत लाभांश दिने क्षमता राख्न । यो बैंकले पुँजीकोष अनुपात नपुगेका कारण अघिल्लो वर्षको नाफाबाट गत वर्ष लाभांश दिन पाएको थिएन ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २८.९९ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

त्यस्तै, नविल बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत छ भने १३.९३ प्रतिशत लाभांश दिने क्षमता राख्छ । त्यसैगरी, कृषि विकास बैंकको १०।०६ प्रतिशत लाभांश दिने क्षमता छ । सानिमा बैंकले ९.९८ प्रतिशत लाभांश दिने क्षमता राख्छ भने लक्ष्मी सनराइज बैंकले ८.९४ प्रतिशत, ग्लोबल आइएमइ बैंकले ८.२७ प्रतिशत र एनएमबि बैंकले ८.१८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

त्यस्तै, सिटिजन्स बैंकले ७.३ प्रतिशत, नेपाल बैंकले ६।.६२ प्रतिशत, सिद्धार्थ बैंकले ५.६४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

प्राइम बैंकले १ प्रतिशत र प्रभु बैंकले ०.६४ प्रतिशत लाभांश दिने क्षमता राख्छन् । हिमालयन र कुमारी बैंकको लाभांश दिने क्षमता ऋणात्मक छ ।

सम्बन्धित समाचार