मेगालाई गाभेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो

गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ह्वात्तै बढेको छ भने सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड ५८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १८.६४ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड १७ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

ऋण लगानी ९३ प्रतिशतले बढेर ३ खर्ब नाघेको छ। निक्षेप पनि ९२ प्रतिशतले बढेर साढे ३ खर्ब नाघेको छ। खराब ऋण डेढ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ

बैंकको वितरणयोेग्य नाफा १५ करोड ८३ लाख ३८ हजार रुपैयाँ रहेको छ । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड ४५ लाख ४६ हजार रुपैयाँ  छ ।

सम्बन्धित समाचार