सामाखुशी खोलामा बेपत्ता बालकको शव ११ दिनपछि भेटियो

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको छ ।

बिहीबार दिउँसो ३ बजे १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका – ७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । साजन गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका थिए ।

स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

सम्बन्धित समाचार