तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए ।
यो प्रकरणमा अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो ।
बुधबार प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच जिल्ला प्रहरी परिसर काठमाडौंमा झडप भएको छ।
उक्त झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारीलाई पनि पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए।
अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।