ग्यास चुहावट हुँदा भक्तपुरमा आगलागी

खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४ चाँगुस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।

 

Loading...