माओवादीको केन्द्रीय समिति बैठक सुरु, अध्यक्ष प्रचण्डले भने- माओवादी पार्टीजस्तो भइरहेको छैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा जारी बैठक ५ दिनसम्म चल्ने बताइएको छ । माओवादीले एक वर्षपछि बैठक बोलाएको हो । गत वर्षको असार १९-२१ मा माओवादी केन्द्रीय समिति बैठक बोलाएको थियो ।

बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गरे । ‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन। पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’ उनले भने, ‘पार्टीका सन्दर्भमा बेलामौकामा भन्ने गरेको छु( हामीसँग नेता कार्यकर्ताको विशाल पङ्ति त छ। तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन ।’

उनले गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको भन्दै उनले केन्द्रीय समिति बैठकले अझ प्रभावकारी बनाउने बताए । उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्नुपर्ने बताए । त्यसका लागि कमीकमजोरी स्वीकार्न डराउन नहुने पनि बताए । बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

सम्बन्धित समाचार