कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् ।
माओवादी केन्द्र स्रोतका अनुसार मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
थापा नेतृत्वको सरकार बनाउन बहुमत पुर्याउन गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताए ।
सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नेछन् ।