नेपालमा शनिबार २ हजार १६ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

नेपालमा शनिबार थप २ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७०४ पिसिआर र ४ हजार ८०६ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८५७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ९७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ४ हजार ९१४ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ५ लाख ८१ हजार ३२७ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म ३३ लाख १७ हजार ३९ वटा नमुनाको पीसीआर र १ लाख ७१ हजार ११३ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार