चोरी आरोपमा वडाध्यक्षका छोरा पक्राउ

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ४ का वडाध्यक्षका छोरा चोरी आरोपमा पक्राउ परेका छन् । एक घरमा चोरी गरि फरार रहेका वडाध्यक्ष तिलक कँडेलका छोरा २४ वर्षीय सतिस कँडेल पक्राउ परेका हुन् । उनी गत वैशाख १७ गते शिवराज नगरपालिका २ बालापुरका सुन्दर लामिछानेको घरमा चोरी गरी फरार रहेका रहेको थिए ।

इलाका प्रहरी कार्यालय गणेशपुरले लुकिछिपी बस्दै आएका कडेललाई असार ३ गते गाँउबाट पक्राउ गरेको थियो । गणेशपुर प्रहरी कार्यालयले कडेललाई पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटालाई बुझाएको थियो । पक्राउ परेका कँडेललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको लागि थुनामा राखिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

लामिछानेको घरबाट कँडेलले तिनवटा दराज तोडफोड गरी नगद ५० हजार रुपैयाँ र एक तोला सुन चोरी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार