भिम र आयुष्माको अभिनयमा ‘बगर भयो जिन्दगी’ सार्वजनिक

भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको मार्मिक गीत ‘बगर भयो जिन्दगी’ को भडियो सार्वजनिक भएको छ । मायामा पाएको घातलाई गीतमा समेटिएको छ ।

समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछुत प्रथाबाट प्रेमील जोडिहरु छुट्नुपर्दाको पिडालाई गीतमा समेटिएको छ । गायक तेज सागर भटटराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ ।

प्रेमील जोडिहरुको वास्तविक जिवन भोगाई भएको कारणले पनि दर्शक तथा स्रोताले गीतलाई मनपराउनेमा आफू निकै आशावादी रहेको कलाकार भिम खड्काले बताए । प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन, देवेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार