मेलम्चीको कटान जारी, आज बिहान ढल्यो ३ तले घर

मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ ।यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले शनिबार बिहान पनि कटान गरी थप एउटा घर ढालेको छ ।

लगातारको वर्षाले आज बिहान मेलम्ची वडा नं ११ मा स्थानीय गोपाल दुलालको तीन तल्ले घर बाढीले ढालेको हो । घर ढले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले बताए ।

अहिले खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार