आज देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

मनसुन सक्रिय भएसँगै आज पनि देशभर वर्षा जारी हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुकै प्रभावले शनिबार दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । ‘प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएको छ । यस्तै यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपानाउन सम्पुर्णमा महाशाखाले अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार