प्रचण्डलाई ओलीले दिए स्यालको संज्ञा (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्यालको संज्ञा दिएका छन् ।

गतहप्ता धादिङको एक कार्यक्रममा प्रचण्डले अदालतले ओलीले गरेको मन्त्रीपरिषदलाई बदर गर्ने बताएका थिए । त्यसको भोलिपल्ट सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुको सपथ र कार्यविभाजन संविधान अनुकुल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रधानमन्त्रीको निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’ उनले अगाडि भने, ‘एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ । नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

ओलीले न्यायलयले निर्णय गर्नुपुर्व नै सो बारे चर्चा गरिनुले निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार