पर्वतको कुश्मामा मोटरसाईकलबाट खसेर एक किशोरको मृत्यु

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्यु भएको छ । बिहारबार भएको दुर्घटनामा मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् ।

मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा ठोक्किँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार