राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई अध्यक्ष तिमिल्सिनाले निर्देशन दिएका हुन् ।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठकबारे परामर्श गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार