सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए पुनर्निर्माणमा खटिएका प्राविधिक (भिडियोसहित)

आफुहरुको मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुन निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रवार राष्ट्रिय पुन निर्माण प्राधिकरणस् प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरूले सामूहिक राजीनामा दिएको जनाएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउँदै उनीहरुले नाराबाजी गरेका थिए । प्लेकार्डसहित नाराबाजी गरेपछि केही प्राविधिकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राधिकरणले दिने भनिएको सुविधाहरूबाट वञ्चित गराउँदा चरणबद्ध आन्दोलन गरेको महिनौँ बितिसक्दा पनि मागहरू पुरा नहुने देखेपछि बाध्य भएर आन्दोलन गर्दै राजीनामा बुझाउनु परेको समितिले जनाएको छ । इन्जिनियर, ओभरसियर र सब ओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् ।

असार मसान्तदेखि करार अवधि सकिने ती प्राविधिकहरूले आगामी आर्थिक वर्षदेखि करार नवीकरण नगर्ने सरकारको तयारी रहेको र आफूहरूले विगतदेखि राखेका माग पूरा नगरिएको भन्दै आन्दोलन थालेका हुन् । दुर्गम भत्ता, सञ्चार, यातायातलगायतको भत्ता कटौती भएको उनीहरूको गुनासो छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार