विमलेन्द्र, प्रकाशमान र शशांकबिच दोस्रो चरणको छलफल

नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच दोस्रो चरणको छलफल भइरहेको छ ।

आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् ।

यसअघि उनीहरुबिच सोमबार बानेश्वरस्थित उपसभापति निधिको निवासमा छलफल भएको थियो । उनीहरूबीच महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने सहमति थियो ।

शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेपछि दोस्रो तहका नेताहरु नयाँ समीकरणको खोजीमा जुटेको देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार