आज देशभर भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबार प्रदेश १ र बागमती प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

रातिको समय पनि देशभर देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार