माओवादी केन्द्रले कारबाही गरेपछि यी १४ जनप्रतिनिधिको स्थान खाली

निर्वाचन आयोगले निकाल्यो सूचना

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका देशका विभिन्न स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद खाली भएको छ ।

निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरी रौतहटमा ७, कैलालीमा ४ तथा सिरहा, ओखलढुंगा र महोत्तरीमा एक–एक जनप्रतिनिधि रिक्त रहेको जानकारी दिएको हो ।

यही असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकबाट उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगलाई दिइएको थियो । सोही दिन माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई पद रिक्त भएको सूचना जारी गर्न ताकेता गरेका थिए ।

त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु :

१‍. प्रमुख रिनाकुमारी साह, मौलापुर नपा, रौतहट
२. प्रमुख सियाराम कुशवाहा कटहरिया नपा, रौतहट
३. उप्रमुख परनियादेवी, देवाही गोनाही नपा, रौतहट
४. उप्रमुख गौरिशंकर प्रसाद, मैलापुर नपा, रौतहट
५. उप्रमुख कान्तिदेवी फतुवाविजयपुर नपा, रौतहट
६. उपप्रमुख सिमल कुमारी साह, माधवनारायण नपा, रौतहट
७. उपाध्यक्ष गीतादेवी साह, यमुनामाई गापा, रौतहट
८. नगर कापा सदस्य सतमीलाल दास, ताती लहान नपा, सिरहा
९. अध्यक्ष शेष फारुक सम्सी गापा, महोत्तरी
१०. उपप्रमुख छायादेवी देवकोटा भजनी नपा, कैलाली
११. वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा, नपा–४, कैलाली
१२. वडाध्यक्ष शर्मानन्द भट्ट, गोदावरी नपा–१, कैलाली
१३. वडाध्यक्ष पुरन बीसी, बर्दगोरिया नपा–४, कैलाली
१४. वडाध्यक्ष सुरेशकुमार थापा, चम्पादेवी गापा–७, ओखलढुंगा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार