ओलीको कदमलाई राष्ट्रपतिले रबर स्ट्याम्प बनेर साथ दिइरहेको प्रचण्डको आरोप (भिडियो)

'कांग्रेस दक्षिणपन्थी होइन, केपी ओली वामपन्थी होइनन्'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिद्ध्याउन हिँडेको आरोप लगाएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले संविधान र लोकतन्त्र सिद्ध्याउने ओलीको कदमलाई राष्ट्रपतिले रबर स्ट्याम्प बनेर साथ दिइरहेको आरोप लगाए । उनले काँग्रेस दक्षिणपन्थी नभएको र प्रधानमन्त्री ओली पनि वामपन्थी नभएको बताए । प्रचण्डले लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने स्पष्ट पारे ।

त्यस्तै उनले प्रधानमन्त्री ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरूलाई एउटै नबुझिदिन आग्रह गरेका छन् ।

अहिले सत्य र असत्यको बिचमा लोकतन्त्र र अराजकतन्त्रको बिचमा राष्ट्रियता र राष्ट्रघातको बिचमा लडाइँ चलिरहेको बताउँदै प्रचण्डले सत्य र राष्ट्रको हितमा लाग्न पनि आग्रह गरेका छन् । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने उनले बताए ।

प्रचण्डले राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि गठबन्धनको साझा एजेन्डा रहेको जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार