प्रतिनिधिसभा विघटनविरूद्ध पाँच दलीय विद्यार्थीको संयुक्त प्रदर्शन

प्रतिनिधिसभा विघटनविरूद्ध पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा प्रदर्शनीमार्गमा बिहीबार प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँ) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘असंवैधानिक कु खारेज गर, विधिको शासन लागू गर’, ‘प्रतिगमन नाइके केपी ओली मुर्दावाद’, ‘ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो’, ‘कोभिड–१९ खोपको तत्काल व्यवस्था गर’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् । गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार