चार मन्त्रीहरुको जिम्मेवारी थपियो, गृहमा विष्णु, सञ्चारमा नेम्वाङ

एक मन्त्रीको भागमा ५ मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल रहेका चार मन्त्रीहरुको जिम्मेवारी थप गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार रक्षा र परराष्ट्र मन्त्रालय बाहेक अन्य मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन् ।

ओली अर्थमन्त्री विष्णु पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन्  ।

त्यस्तै शिक्षामन्त्री रहेका कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थप गरिदिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार