थप २ हजार ४७४ जनामा संक्रमण, २ हजार ५१८ निको

नेपालमा बिहीबार थप २ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २३५ पिसिआर र ४ हजार ९९७ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५६ हजार ९४४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ९१८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप २ हजार ५१८ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ५ लाख ७० हजार ९५८ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म ३३ लाख २ हजार ७४९ वटा नमुनाको पीसीआर र १ लाख ६१ हजार ५४२ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार