क्यूभीसीले बढायो कामदारको स्वास्थ्य परीक्षणका लागि समय र स्लट

वैदेशिक रोजगारका लागि कतार जानुपूर्व कामदारको स्वास्थ्य जाँच गर्नका लागि काठमाडौंस्थित कतार भिसा सेन्टर ९क्यूभीसी० ले स्वास्थ्य परीक्षणका लागि समय र कामदारको स्लट बढाएको छ ।

क्यूभीसी र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच मंगलबार भएको छलफलमा संघले कुनै म्यानपावरले धेरै र कसैले थोरै कामदारका लागि समय उपलब्ध भएको भन्ने गुनासो गरेपछि क्यूभीसीले सबै म्यानपावरले पठाएको कामदारका लागि समान तरिकाले स्वास्थ्य परीक्षण गर्नका लागि समय र कामदारको कोटा बढाएको हो ।

नयाँ समयअनुसार अब हरेक महिना २० देखि २५ तारिख सम्म क्यूभीसीमा अपोइन्टमेन्ट खुला हुनेछ । त्यस्तै कुनै बेला समस्या भएमा सम्बन्धित म्यानपावर र क्यूभीसीले आपसी छलफलमा कामलाई सहजता दिने पनि छ ।

आउँदो २ साताभित्र क्यूभीसी अपोइन्टमेन्टको स्लट सङ्ख्या बढाउने क्यूभीसीले जनाएको छ । क्यूभीसीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेअनुसार अर्को १ महिनाभित्र क्यूभीसी अपोइन्टमेन्टको स्लट बढाएर ६ सय पुर्याउनका लागि कतारको आन्तरिक मन्त्रालयलाई प्रस्ताव गरिनेछ ।

लकडाउनको समय मे २ तारिखदेखि जुन ६ भित्र अपोइन्टमेन्ट लिई छुट हुन गएका आवेदकहरुका लागि मात्र सुरुको मितिदेखि क्रमबद्ध रुपमा दैनिक १०० जनाको क्यूभीसी प्रक्रिया हुने र हरेक शुक्रबार थप ४ सय क्यूभीसी प्रक्रिया गरिने क्युभीसीले बताएको छ । यस्तै हरेक शुक्रवार थप ४ सय जनाको क्यूभीसी प्रक्रिया गरिने क्यूभीसी नेपालको प्रबन्धक गौरव क्षेत्रीले जानकारी दिए ।

यसैगरी पुनः स्वाथ्य परीक्षणको हकमा भिसा सकिएकोभन्दा पछाडि अपोइन्टमेन्ट मिति तोकिएमा सोको जानकारी क्यूभिसिमा गराएमा भिसा एक्स्पायरअगावै समय तालिका मिलाई पुन स्वास्थ्य परिक्षण गर्ने ब्यावस्था मिलाइने क्षेत्रीले बताए ।

‘नेपालबाट कुनै पनि निर्णय लिन नमिल्ने भएकाले हामीले हरेक विषय र बुँदाको निर्णय कतारबाटै लिनुपर्ने हुन्छ,’ क्षेत्रीले भने । ‘हामी चाहन्छौं धेरैभन्दा धेरै कामदारको स्वास्थ्य परीक्षण होस् यसैका लागि बन्द हुने शुक्रबार पनि हामीले अफिस खुलेर सेवा दिइरहेका छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार